logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन निको भए २७ सय कोरोना संक्रमित


अंकुरण खबर
1.352K
Shares

देशभर पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ७ जना कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, संक्रमितको दर बढिरहेका बेला निको हुनेको संख्या पनि बढेको हो।

नेपालमा कोभिड–१९ लागेकामध्ये ८० प्रतिशत अर्थात् दुई लाख ९२ हजार ४९० जना निको भइसकेका छन्। अहिले ७२ हजार ५६१ जनाको उपचार चलिरहेको छ।

जनस्वास्थ्यविद्हरूले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाउनुपर्ने र लागिसकेपछि आतंकित हुन नहुने सुझाव दिएका छन्।