logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजधानीमा कार्यरत ९१ जना पत्रकार संक्रमित,संक्रमित संख्या अझै धेरै रहेको हुनसक्ने


अंकुरण खबर
637
Shares

कोभिड -१९ को संक्रमण उच्च रहेका बेला काठमाडौंमा कार्यरत ९१ जना पत्रकार पनि संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघका अनुसार प्रतिष्ठान प्रदेशले ३३, प्रतिष्ठान शाखासहित ४८, विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको कुराकानीमा १९ ,प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित पत्रकारहरुको स्वास्थ अवस्था हेरेर अहिले मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताल,शसस्त्र प्रहरी अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ । सामान्य लक्षण देखिएका पत्रकारहरु होम आइसोलेशनमै रहेका छन् ।

नेपाल टेलिभिजन,रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समचार समिति, कान्तिपुर टेलिभिजन, कान्तिपुर दैनिक, राजधानी दैनिक, माउन्टेन टेलिभिजन, रातोपाटी,नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएमलगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको हो ।