logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट अन्तर्राष्ट्रिय उडान बन्द, भारतबाट सातामा २ उडान कायमै


अंकुरण खबर
728
Shares

कोभिड-१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न भन्दै आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ ।

आन्तरिक तथा वाह्य उडानबाट कोभिडको नयाँ भेरियन्ट फैलनी संभावना बढी रहेको काकलन गर्दै बैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले उडान बन्द गर्ने निर्णय गरेको थियो । गत बैशाख २० गतेदेखिनै सबै आन्तरिक उडानहरु बन्द गरिएका थिए भने ४ दिन पछि आजबाट अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने भएपछि हिजो र अस्तिमात्र विमानस्थलबाट १ सय ७ वटा उडान भएको प्राधिकरणले जनाएको छ ।

यद्यपी नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसरी हवाई उडानबाट नेपाल भित्रिने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले तोकेका ८ होटलमा १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।