logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय


अंकुरण खबर
689
Shares

राष्ट्रियसभा उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उम्मेदवार तय गरेको छ ।

गृहमन्त्रीसमेत रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’ लाई एमालेले उम्मेदवार चयन गरेको हो । एमाले नेता सुवास नेम्वाङका अनुसार बालुवाटारमा भएको बैठकले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

उम्मेदवार दर्ताका लागि हेलिकप्टरमार्फत् नेताहरूसहित आज उनी बाग्मती प्रदेशको राजधानी हेटौँडा पुगेका छन् ।

वाग्मती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।

उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मनोनयन दर्ता गर्न सक्ने छन्।