logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप कोभिशिल्ड खोप किन्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
1.261K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जनाएका हुन्।

मन्त्रालयले हाल ५० लाख डोज कोरोना खोप किन्ने अवस्था नरहेको जनाएको छ। भारतीय औषधी उत्पादक कम्पनी सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको मन्त्रालयले बताएको छ।

सो कम्पनीमा आगलागी हुनुका साथै क्षमता विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुने वित्तिकै आपूर्ति गर्ने जानकारी गराएको भन्दै मन्त्रालयले जनाएको छ।

नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ ।

विज्ञप्ति सहित: