logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

गृहमन्त्री थापाको दावी – मेरो जित पक्का छ, एमालेको सबै भोट मलाई आउँछ


अंकुरण खबर
1.976K
Shares

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए।

उनले भने, ‘अहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ, यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ ।’