logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा जेसीबी र ट्रिपरमा अज्ञात समूहद्वारा आगजनी


अंकुरण खबर
3.445K
Shares

काठमाडौं – उत्तरी मकवानपुुरस्थित थाहा नगरपालिकाको केन्द्र मानिने शिखरकोट बजारमा अज्ञात समूहले जेसीबी र ट्रिपरमा आगजनी गरेको छ ।

बिहीबार राती करिब सवा ११ बजेतिर शिखरकोटमा पार्किङ गरिराखेको सिर्जना कन्ट्रक्शनको ना १ क ३२४२ नम्बरको जेसीवी र प्रोग्रेशिभ कन्स्ट्रक्शनको बा ३ क १२१५ नं। को ट्रिपरमा आगजनी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

आगलागीबाट जेसीवी र ट्रिपरको अगाडिको भाग पूरै क्षति भएको छ । आगजनी भएको थाहा पाए पछि स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।