विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ ।
बीबीसीले जनाए अनुसार डब्ल्युएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज लगाउनु पर्ने र १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई मात्र दिनुपर्ने छ ।
डब्ल्युएचओको औपचारिक अनुमति नआउदै चीनले भने यो खोपलाई प्रयोगमा ल्याइसकेको छ । ल्याटिन अमेरिका,अफ्रिका साथै एशियाका धेरै देशले सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन्।
डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको र अहिले सिनोफार्मले बनाएको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।