logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलीको अधिवेशनको लागि २६ जना संक्रमित सांसदबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


अंकुरण खबर
897
Shares

२६ जना सांसदलाई कोभिड-१९को संक्रमण देखिए पछि २७ गते (भोली) हुने संसदको विशेष अधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भोलीको अधिवेशनमा प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतमा संक्रमित सांसदहरुलाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल गर्न आज दिउँसो १ बजे बैठक बोलाएका हुन् । बैठकले सभा संचालन र कोरोना संक्रमित सांसदलाई मतदानमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे निर्णय गर्ने छ।

२७ गते विशेष पछि अधिवेशन हुने भए पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकारलगायतको स्वाब परीक्षण गरिएको थियो । परीक्षणबाट शनिबार सम्म २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ५० जनाको अझै रिपोर्ट आउन बाँकी नै छ ।