आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।
गत शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० ले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।