logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा बैठक भट्टराई निवासमा


अंकुरण खबर
780
Shares

जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्दैछ ।

जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो ।

यस अघि कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्किएपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो ।

आज बस्ने बैठकले भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने जसपाका एक नेताले जानकारी दिए ।

यस अघि जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले देउवा निवास बूढानीलकण्ठमा आगामी राजनीतिक कदमबारे छलफल गरेको थिए । उनीहरु बूढानीलकण्ठबाट सिधै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए ।