logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित सांसदले पनि मत दिन पाउने


अंकुरण खबर
1.469K
Shares

कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो।

संक्रमित सांसदका लागि संसद् भवन बाहिर पालको व्यवस्था गरिने संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए।

‘उहाँहरु आउनुभयो भने बाहिर पालमा राख्ने र छुट्टै लबि बनाएर मतदानमा सहभागी गराउने तयारी भएको छ। मतदानको घण्टी लागेपछि मात्रै उहाँहरु मतदानका लागि जानुहुन्छ।’

संसद् बैठक छोटो बनाउने र मतदान भोलि नै गराउने निर्णय कार्यव्यवस्थाले गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि भोलि सोमबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।