logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा जनमोर्चाद्वारा सरकारको समर्थन फिर्ता


अंकुरण खबर
715
Shares

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा उक्त पार्टीका तीन सांसद छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची थियो ।

गण्डकीमा सरकार बनाउन जनमोर्चा निर्णायक मानिएको छ । यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेता पनि यहाँ गुरुङ सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

आइतबारै जनमोर्चाले प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।