प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सांसदहरू भवन पुगेका छन् ।
संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलाइ भएको छ ।
अहिले प्रतिनिधि सभा बैठकमा सांसदहरू जाने क्रम सुरु भएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका स्वास्थ्यकर्मीले सांसद तथा कर्मचारीको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।
बैठकमा सहभागी हुनेहरूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
रिपोर्ट पोजेटिभ आएकाहरूलाई संसद् भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरूलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद् सचिवालयले जनाएको छ ।