logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद्‍मै रहेका प्रधानमन्त्रीलाई रोस्ट्रमबाट प्रचण्डको आग्रह– तत्काल राजीनामा दिनुस्


अंकुरण खबर
832
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

संसद्को विशेष अधिवेशनमा सोमबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त नगर्ने थाहा हुँदाहुँदै पनि विश्वासको मत लिन खोजेको बताए।

‘अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु,’ दाहालले भने ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई सन्तुष्टि महसुस नभएको दाहालको भनाइ थियो ।

दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको र त्यसको जिम्मेवार ओली रहेको पनि बताए ।