सत्र लाख पचास हजार रुपैयाँ अवैध रकम सहित एक जना पक्राउ गरेको छन ।
ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलाली बाट राजापुर तर्फ आउँदै गरेको जिल्ला कैलाली टिकापुर न.पा.वडा नं. १ बस्ने बर्ष २९ को गोपाल चौधरीले चलाई ल्याएको सु।प।प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाईकलबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
गोपाल चौधरीले पछाडी बोकेको कालो रङ्गको छालाको जस्तो देखिने झोला खोली हेर्दा प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतिय रूपैया सत्र लाख पचास हजार फेला पारी उक्त रुपैया, निजले प्रयोग गरेको मोटरसाईकल थान-१, ल्यापटप थान-१ मोबाईल थान-१ लगायतका सामान बरामद गरिएको हो ।
सोमबार राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको प्रहरीले जनाएको छ ।