सोमवार तीन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।
आज राष्ट्रिय बीमा कम्पनीको १० प्रतिशतले, समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत र रूरू जलविद्युत परियोजनाको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको हो ।
राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्य यो दिन प्रतिकित्ता रू. १ हजार ७५० ले बढेर अन्तिम मूल्य रू. १९ हजार २५० पुगेको छ ।
त्यस्तै समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ८० ले बढेर अन्तिम मूल्य रू. ८८४ र रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ५४ ले बढेर अन्तिम मूल्य रू. ६०२ पुगेको छ ।