logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए, मत गुमाएसंगै ओली पदमुक्त


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन् । विश्वासको मत गुमाएसंगै ओली पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । आजको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । प्रधानमन्त्री ओली प्रति विश्वासको मतमा मतदान हुँदा ओलीको पक्षमा ९३ मत आएको छ भने विपक्षमा १२४ मत खसेको छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ मत आवश्यक थियो ।

सांसदमा एमालेको माधव नेपाल पक्षका सांसद, राप्रपाका सांसद राजेन्द्र लिङ्देन अनुपस्थित भएनन् ।