logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, २ को सनाखत


अंकुरण खबर
819
Shares

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकास्थित बडहरेमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन ।

मृतक दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् । अन्यको उद्दार कार्य जारी रहेको छ ।

यस्तै घाइतेको उपचारको लागि अस्पताल रिफर गरिएको छ । उद्धार जारी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ९:५५ बजे बस दुर्घटनामा परेका हो । बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घट्ना भएको प्रहरीको अनुमान गरेको छ । घाइतेको उद्दार गरि उपचारको लागि चौतारा अस्पताल र अन्यन्त्र पठाइदै गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।