भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि कोरोना पोजेटिभ भएका पूर्वराजा ज्ञानेन्द्र शाह निको भएका छन्।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजन सपोर्ट बन्द गरिएको छ। नर्भिकमै उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य सुधार हुँदै गएको छ।
हरिद्वारबाट नयाँ दिल्ली हुँदै काठमाडौं आएर पिसिआर परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरु १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए। जसमध्ये कोमलको अवस्था जटिल भएको थियो।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो।