logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारकै कारण कोरोना संक्रमण नियन्त्रण बाहिर जान लाग्यो : प्रचण्ड


अंकुरण खबर
845
Shares

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताएका हुन् ।

सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउँदै उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।” सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो।

चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो। उनले भने, “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पारेका छन् । यो प्रयास प्रशंसनीय र सह्रानीय छ।”