logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने कांग्रेसको निर्णय


अंकुरण खबर
702
Shares

कांग्रेसका प्रभावशाली नेताहरुको बैठकले आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ।

मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयभित्र सरकार गठन गर्ने निर्णय गरेको हो।

‘राष्ट्रपतिले संविधानको ७६ (२) अनुसार सरकार गठनको समय दिनुभएको छ’, सहमहामन्त्री महतले भने, ‘प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्र र जसपाको सहयोगमा हामी सरकार गठनको दाबी गर्छौं।’ महतले आवश्यक समर्थन जुटाउनका लागि कांग्रेस लागेको बताए।

सरकार गठन गर्ने विषयमा जसपाभित्र विवाद छ नि भन्ने प्रश्नमा नेता महतले भने, ‘पर्सी ९ बजेसम्मको अवधि बाँकी छ। परिस्थिति परिवर्तन हुन सक्छ। जसपा आउने प्रशस्त संभावना छ, माओवादी आइसकेको छ। नेपाल पक्षको पनि सहयोग लिन्छौँ।’

राष्ट्रपति विद्यादेवि भण्डारीबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सोमबार बेलुका तीन दिनको समय दिएर आह्वान भएको छ। सरकार गठन गर्न कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्षले आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएको छ।