logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौँको कपनमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट,लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ


अंकुरण खबर
2.574K
Shares

काठमाडौँको बुढानिलकण्ठमा रेमिट संचालन गरेकी २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट गर्ने पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका स्थित बालुवाखानी कपनमा महामारीको यो अवस्थामा पनि सेवाग्राहीलाई सेवा दिइरहेकी युवती माथि चक्कु प्रहार गरि नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा कञ्चनपुर घर भइ काठमाडौँ भंगाल बस्ने ३६ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका छन् ।

चक्कु प्रहारबाट घाइते भएकी युवतीलाई भंगालकै करुणा अस्पतालमा उपचार गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।