भावी सरकार गठनको विषयमा निर्णयमा पुग्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता (पदाधिकारी)हरु छलफलमा जुटेका छन्।
जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको अनौपचारिक छलफल शुरु भएको जसपा अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जानकारी दिएको छ।
छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताहरुद्वय राजेन्द्र महतो र अशोक राई सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि वैशाख ३० गते (बिहीबार) साँझ ९ बजेसम्मको समयसीमा तोकेकी छन्।