logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिदै, विपक्षी गठबन्धन एक नहुँदा ओलीलेनै निरन्तरता पाउँने संभावना


अंकुरण खबर
1.989K
Shares

नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय सिमा आज सकिदै छ ।

दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको सरकार गठनको लागि राजनीतिक दलहरुबीच नयाँ गठबन्धन अझै बन्न सकेको छैन । वर्तमान राजनीतिक अवस्थाको निर्णयक देखिएका जनता समाजवादी पार्टी (जसपा) र सत्तारुढ दलकै असन्तुष्ट झलनाथ खनाल-माधव कुमार नेपाल पक्षको ठोस निर्णय नभएकाले नयाँ सरकारको नेतृत्व लिन तयार रहेको नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ ।

कांग्रेसलाई समर्थन गर्न माओवादी केन्द्रमा कुनै विवाद नरहेपनि जसपा भित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली पक्षमा छन् भने उपेन्द्र यादव ओली सरकारको विपक्षमा । त्यस्तै झलनाथ-माधव  पक्षका सांसदहरुले सामुहिक राजीनामा दिएर कांग्रेसलाई सरकार बनाउँन सहयोग गर्ने बताए पनि सबै सांसद् एकमत नहुँदा यसको असर नयाँ सरकार गठनमा परेको छ ।

सामूहिक राजीनामाको चेतावनी दिँदै आएको खनाल नेपाल समूहका २८ सांसद सोमबार ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए । उनीहरूले राजीनामा दिए नयाँ सरकार बन्न सक्ने भएपछि विपक्षी गठबन्ध जसपा र खनाल-नेपाल पक्षको निर्णयको प्रतिक्षामा रहेको छ ।

गठबन्धनको सरकार बनाउने चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । जसपा भित्र एकमत नहुँदा एमालेको खनाल- नेपाल समुहले राजीनामा दिएमात्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

यता झलनाथ- माधव पक्षलाई सामुहिक राजीनामा दिनबाट रोख्न भन्दै संस्थापन पक्ष ओलीका केही निकटतम नेताहरु माधव पक्षसंग निरन्तर छलफलमा छन् । तर सहमतिको ठोस निष्कर्ष निस्कन सकेको छैन् । आजै ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्‍याउन दलहरु नसक्दा संसदको ठूलो दलको हैसियतमा धारा ७६ (३) अनुसार ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउँने संभावना रहेको छ ।