logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ८९६० संक्रमित थपिए, २१४ जनाको मृत्यु


अंकुरण खबर
728
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ ।

देशभर कुल मृतकको कुल संख्या ४४६६ जना पुगेको छ ।