बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठक सकिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
छलफलपछि तत्काल बैकल्पिक सरकार गठन नगर्ने र ओली नेतृत्वको सरकारलाई प्रतिपक्षीको भुमिकामा रहेर सघाउने भएको प्रचण्ड निटक एक नेताले बताए । करिब सवा २ घण्टा चलेको छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत कांग्रेस नेताहरु सहभागी रहेका थिए ।
यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल उपस्थित थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको बताइएको छ ।