logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यदलबारे टुङ्गो लगाउन ओली-नेपालबीच आज भेटवार्ता हुदैँ


अंकुरण खबर
1.248K
Shares

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पुनः भेटवार्ता हुने भएको छ ।

दुई नेताबीच आज साँझ ६ बजे भेटवार्ता हुने भएको हो । भेटवार्तामा अरु नेता सहभागी हुने या नहुनेबारे केही टुंगो नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए  ।

आज बस्ने अध्यक्ष ओली र नेता नेपालको बैठकले कार्यदललाई अन्तिम रूप दिने बताइएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद टुङ्ग्याउन गठन गरिएको कार्यदल दस सदस्यीय हुने बताइएको छ । कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल रहनेछन् । ओली पक्षले दुईजनाको नाम भने टुंगो लगाउन बाँकी रहेको जनाएको छ । यता नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहनेछन् । बाँकी सदस्यमा रघुजी पन्तलाई पठाउने तयारी भइरहेको स्रोतले बताएको छ ।