logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

उदयपुरमा आमा छोरीको विभत्स हत्या


अंकुरण खबर
1.235K
Shares

उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । गए राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको हो ।

घरमा आमा छोरी मात्रै बस्ने गरेको र उनीहरुको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  शारदाका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् ।

घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरीले जनाएको छ ।