नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग पुनः राजनीतिक सहकार्य हुने बताएका छन्।
संसद भवनमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष दाहालले गठबन्धन सरकारलाई छोडेर केपी शर्मा ओलीलाई नै साथ दिए पनि धोका दिएको भन्न अहिले नै नमिल्ने बताएका हुन् ।
नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन असफल भए पनि नेता नेपालसँग फेरि आफूहरूको भेट हुने सम्भावना रहेको अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले भने , ‘उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ ।’