logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीको आग्रह


अंकुरण खबर
1.3K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारी रुपमा परिचालित हुन आग्रह गरेका छन्।

तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि आज प्रधानमन्त्री ओलीले मानवीय सेवाको उदात्त भावनामा कुनै कमी हुन नदिइने प्रतिबद्धता प्रकट गरेका हुन् ।

त्यस्तै उनले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ लिएकै दिन अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरे । हाम्रो देश नेपाल कोभिड-१९ को दोस्रो लहरसँग लडिरहेको उल्लेख गर्दै उनले यस विषम परिस्थितिमा पनि विकास निर्माणका काम जारी रहेको बताए ।

ललितपुरमा नवनिर्मित गोदावरी सनराइज सम्मेलन केन्द्रको भर्चुअल माध्यामबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही पनि काम नगरेको भनी आलोचना गर्नेहरुका लागि अत्याधुनिक सम्मेलन केन्द्रको निर्माण गतिलो जवाफ हुने बताए ।

लुम्बिनीमा निर्माणाधीन ५ हजार जना क्षमताको लुम्बिनी बौद्ध सम्मेलन केन्द्रको पनि निर्माण सम्पन्न हुने चरणमा रहेको उनले बताए । यस पटकको बुद्ध जयन्ती त्यही सम्मेलन केन्द्रमा आयोजना गर्ने तयारी भैरहेको उनको भनाइ छ ।