महामारीको रुपमा विश्वभर फैलिएको कोभिड-१९ बाट ३३ लाख ७० हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । यो समाचार तयार गर्दासम्म २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएसंगै कुल मृतकको संख्या यति पुगेको हो ।
त्यस्तै संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६सय ४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ पुगेको छ ।
कोरोना संक्रमण बढेजस्तै पछिल्लो समय संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दो छ । विश्वमा हाल १४ करोड १४ लाख ४८ हजार ९ सय ६३ जना संक्रमण मुक्त भएका छन् ।
कोभिड-१९ले सबै भन्दा बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामामात्रै ५ लाख ९९ हजार २सय ९९ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ४ लाख ३२ हजार ७सय८५ जनाको मृत्यु भएको छ । बेलायत,फ्रान्स,रुप,इटली लगाएतका देश पनि बढी प्रभावित रहेका छन् ।
कोभिडको दोस्रो भेरियन्टबाट बढी प्रभावित रहेको छिमेकी मुलुक भारतमा २ लाख ६६ हजार २ सय २९ जनाको मृत्यु भैसकेको छ भने संक्रमण दर दैनिक ४ लाखको हाराहारीमा छ ।
समग्रमा विश्वभरनै कुल संक्रमितको आधारमा निको हुनेको संख्या बढी छ । अहिलेसम्मको अवस्था हेर्दा ८७.०३५ प्रतिशत संक्रमितले कोभिड संक्रमणलाई पराजीत गरेका छन् ।