logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-नेपालको ‘वान टू वान’ वार्ता सिंहदरबारमा, कार्यदल गठनको टुंगो लगाउने तयारी


अंकुरण खबर
767
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपालबीचको वान टू वान वार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको वार्ता र बैठकले एमालेको समस्या समाधानका लागि कार्यदलको सदस्यको टुंगो लगाउने बताइएको छ।

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ।

कार्यदलबाट सहमति गरेपछि ओलीले कार्यान्वयन गर्नेमा नेता नेपाल पक्ष विश्वस्त देखिएको छैन।