logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेठ २० भित्र वार्षिक परीक्षा लिइसक्न विद्यालयहरुलाई निर्देशन


अंकुरण खबर
858
Shares

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले महानगरभित्रका सबै विद्यालयले उपयुक्त मूल्यांकन प्रणाली अपनाएर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा लिन निर्देशन दिएको हो।

अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा पनि यथाशीघ्र सूचना जारी गरिने छ ।