logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

बिरामीका आफन्तलाई अक्सिजन खोज्नू नभन्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
949
Shares

बिरामीलाई अक्सिजन ल्याउ भन्ने काम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पतलाले बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन भनिएकोप्रति आपत्ति जनाउँदै त्यस्तो व्यवहार नगर्न अस्पतालहरुलाई अनुरोध गरेका हुन्। अक्सिजनको व्यवस्थापन गर्ने कार्य अस्पतालले नै गर्नुपर्ने उनले बताएका छन्।

पछिल्लो पटक ठूला अस्पतालहरुले पनि कोरोनाका बिरामीलाई अक्सिजन खोजेर ल्याउन भन्न थालेपछि बिरामी मारमा परेका थिए। धौधौ बेड पाएका बिरामीले आफैले अक्सिजनको खोजी गर्नुपर्ने बाध्यताले असहज भएको थियो।