logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैनिक घट्न थाल्यो भारतमा संक्रमण, नेपालमा पनि संक्रमण घट्दै, २ हप्ता थप सचेत रहन विज्ञको सुझाव


अंकुरण खबर
871
Shares

कोभिड-१९को दोस्रो भेरियन्टबाट नराम्ररी थलिएको भारतमा पछिल्ला केही दिन यता संक्रमण दर ओरालो लागेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ भने, ४ हजार ९२ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै संक्रमण मुक्त हुनेको दर पनि बढेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७८ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो हप्तासम्म भारतमा दैनिक ४ लाखको हाराहारीमा संक्रमित हुँदै आएका थिए भने मृतकको संख्या पनि बढी थियो । भारतमा २४ वैशाखमा एकै दिन ४ लाख १४ हजार ४३३ संक्रमित भएका थिए ।

अहिले भारतमा कुल संक्रमित २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ । त्यहाँ संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ रहेको छ ।संक्रमणकै कारण भारतमा २ लाख ७४ हजार ४११ जनाको मृत्यु भएको छ । त्यस्तै कुल संक्रमण मुक्त हुनेको संख्या योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना रहेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमदर घट्दै जाँदा नेपालमा पनि संक्रमण घट्न थालेको छ । अघिल्लो वर्ष पनि भारतमा संक्रमण घट्दा नेपालमा घटेको थियो । अब २,३ हप्ताबाट संक्रमण न्यून हुँदै जाने भएकाले यस अवधिमा थप सचेतता अप्नाउन विज्ञहरुले सुझाब दिँदै आएका छन् ।