logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीका जसपा सांसद निष्कासन विरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाइ हुँदै


अंकुरण खबर
637
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका ४ सांसदलाई गरेको कारवाही सूचनापत्रमा टाँस भएर पदमुक्त गरिएकोप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिट सोमबार सुनुवाइ हुँदैछ ।

पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीबाट निष्कासन गर्दै पदमुक्त गरेको थियो ।

आफूमाथि अन्याय भएको भन्दै चारै सांसदले प्रदेशसभा समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने गरी रिट पेशी चढेको छ ।

रिट निवेदनमा उत्प्रेषणको आदेशमार्फत कारवाही बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले भने पार्टीको बैठक नै नबसेको र कारवाही सम्बन्धी कुनै निर्णय नभएको जनाएको छ ।