logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तत्काल अक्सिजन र खोपको मागसहित सर्वोच्चमा रिट


अंकुरण खबर
858
Shares

अस्पतालहरूमा तत्काल अक्सिजन र कोरोनाविरुद्ध खोपको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सर्वोच्च अदालतमा दायर उक्त रिटमा नागरिकलाई कोभिड उपचारको स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन सबै अस्पताललाई थप जिम्मेवार बनाउनसमेत रिटमा माग गरिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

‘अक्सिजनको आपूर्ति अत्यधिक कम भएकोले बढीभन्दा बढी आपूर्ति गर्ने व्यवस्था मिलाई स्वास्थ्य प्रोटोकल पूर्णतः अवलम्बन नगरिएकोले सोको अवलम्बन गर्न लगाई क्वारेन्टिन, होम आइसोलेसन वार्डको थप व्यवस्थापन गरी नागरिकलाई स्वास्थ्यजस्तो संवेदनशील सेवाबाट वञ्चित नगरी पाऊँ,’ अधिवक्ता शर्माको माग छ ।

हालसम्म केवल २५ लाख नेपालीले मात्र खोप लगाएको दाबीसहित बाँकीलाई तत्काल खोपको व्यवस्थापन गर्नसमेत आदेशको माग गरिएको छ । अस्पतालहरूमा अक्सिजनसहितको बेडको आपूर्ति गर्न लगाई तत्काल स्वास्थ्य उपचार र बाँच्न पाउने हक ग्यारेन्टी गर्न सरकारको नाममा आदेश माग गरिएको छ ।