logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तातोपानीबाट नेपाल भित्रियो २५ सय अक्सिजन सिलिन्डर


अंकुरण खबर
2.431K
Shares

चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार ती सामग्रीको जाँचपास प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ ।

व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो ।