logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभावकैबीच पनि भारतले नेपाल पठायो आठ ट्यांकर अक्सिजन


अंकुरण खबर
1.898K
Shares

नेपालका कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन अभाव हुन नदिन भारतबाट लिक्विड अक्सिजन आयात हुन थालेको छ।

घरेलु प्रयोजनमा अभावकैबीच भारतले नेपालमा लिक्विड अक्सिजन नेपाल पठाएको हो।

भारतीय दूतावासका अनुसार अहिले झारखण्डस्थित अक्सिजन प्लान्टबाट लिक्विड अक्सिजन नेपाल आयात भइरहेको छ।

हालसम्म वीरगञ्जबाट चार, भैरहवाबाट दुई र नेपालगञ्जबाट दुई ट्यांकर लिक्विड अक्सिजन नेपाल भित्रिएको छ। भन्सार स्रोतका अनुसार सोमबार राति थप एक ट्यांकर लिक्विड अक्सिजन वीरगञ्जबाट नेपाल ल्याइँदैछ।

भारततर्फ अक्सिजन अभाव चरम अवस्थामा रहँदा भैरहवाबाट भित्रिँदै गरेको एक ट्यांकर लिक्विड अक्सिजन भारततर्फ सुनौलीमै स्थानीय बासिन्दाले रोकेका थिए। पछिल्ला दिनमा भने आपूर्ति सहज हुँदै गएपछि निर्वाध नेपाल आइरहेका छन्।

भारतीय दूतावासका अनुसार एक टन लिक्विड अक्सिजनबाट करिब एक सयवटा सिलिन्डर भरिन्छन्। १५ टनको एउटा ट्यांकरबाट एक हजार पाँच सयवटा सिलिन्डर भरिन्छन्।