logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बारामा घाँटी रेटेर नाबालक दाजुभाइको हत्या


अंकुरण खबर
910
Shares

बारामा विभत्स हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला परेको छ ।

कलैया नगरपालिका-७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो ।

उनीहरुको शव मंगलबार बिहान टोलमा निर्माणाधीन मदरसा नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । दुवै बालकलाई धारिलो हतियार प्रयोग गरिएको प्रहरीको भनाइ छ ।

अब्दुल गफर वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । ती बालककी आमा मीना खातुन जितपुरस्थित फुपूको घरमा गएकी थिइन् ।

सोमबार साँझ जितपुरबाट फर्किंदा दुवै छोरा घरमा नरहेपछि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा मंगलबार बिहान शव भेटिएको डीएसपी मिश्रले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।