logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६ जेठदेखि ललितपुरमा चिनियाँ खोपको दोस्रो मात्रा दिइने


अंकुरण खबर
1.053K
Shares

ललितपुर महानगरपालिकाले आउँदो जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसिलको दोस्रो मात्र लगाउन थाल्ने भएको छ ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान तय गरेको छ ।

जेठ १३ गतेसम्म चल्ने सो खोप कार्यक्रम अन्तर्गत चैत २५देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ७ गते, वैशाख १–४ सम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५–९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०–१३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ गतेको मिति तय गरिएको छ ।

वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई भने क्रमशः जेठ १२ र १३ गतेको मिति तय गरिएको छ । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नं वडासम्मका गरी २९ खोप केन्द्रमार्फत् खोप लगाउने तयारी गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बनेसम्म चल्नेछ ।