भक्तपुरमा निषेधाज्ञाको समयमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।
जिल्लाको चाँगुनारायण नगरपालिका–४ चाँगुछाप निवासी मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानकै ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
घरबेटी मिना भने फरार रहेकी छिन् । उनको खोजी भइरहेको छ ।