logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो रहने छ आजको मौसम, अझै केही दिन यस्तै


अंकुरण खबर
767
Shares

आज देशका विभिन्न भागका हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार चक्रवात ताउ–तेको प्रभाव कायमै रहेकाले अझै केही दिन नेपालमा मौसम यस्तै रहने छ ।

आज दिनभर देशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ मा भने आंशिक बदली रहेने छ ।

आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।