गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
बैशाख २२ मा गुरुङ कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका होम आइसोलेसनबाटै राजिनामा दिएर गुरुङले वैशाख वैशाख २९ पुननियुक्ति पाएका थिए । मुख्यमन्त्री गुरुङले आइसोलेसनबाटै सपथ ग्रहण गर्नुभएको थियो । तर मन्त्रिमण्डल विस्तार कार्य प्रभावित भएको थियो ।
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा बजेट, नीति तथा कार्यक्रम लगायत संवैधानिक दायित्वहरु प्रभाव पर्दै गइरहेको छ ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार सोमबारबाट उनको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
बजेट र नीति तथा कार्यक्रम ल्याउने बेला भइसकेको र आफ्नो स्स्थ्यमा समेत क्रमिक सुधार हुँदै गएकाले मुख्यमन्त्री गुरुङ अब मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेका हुन् । आज नै मन्त्रिमण्डल विस्तार गर्ने बढी सम्भावना रहेको बताइएको छ ।
तर शुरुमा कति र कुन मन्त्रालय विस्तार गर्ने भन्नेबारे अझै निर्क्योल भइनसकेको निकट स्रोतको भनाइ छ । तत्कालका लागि भौतिक तथा विकास मन्त्रालय र अर्थमन्त्रालय विस्तार गरेर भए पनि बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा मुख्यमन्त्री गुरुङ रहेको बताइएको छ ।