logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

प्रधानमन्त्री र उम्मेदवार बादलबाटै निर्वाचन आचारसहिंता उल्लंघन, आयोगले दियो चेतावनी


अंकुरण खबर
1.586K
Shares

निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसकेको अवस्थामा त्यसको उल्लंघन नगर्न चेतावनी दिएको छ ।

आयोगले विज्ञप्ति प्रकाशित गरी विहीबार हुने उपनिर्वाचनको अचारसंहिता उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

विहीबार  हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनम ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ । तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मत माग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक अपील जारी गर्दै बादलका पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।

आयोगले विज्ञप्ति मार्फत निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने जानकारी गराइएको छ ।

यस उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुनेछ । निर्वाचक मण्डलका सबै मतदाताहरुलाई २०७८ जेठ ६ गते ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन समेत आयोगले अनुरोध गरेको छ ।