logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाउन्ने दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत


अंकुरण खबर
1.326K
Shares

पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्रमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४९ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज बिहान बर्दघाट खुर्सानीखोला नजिकै दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

४९ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते २ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाका कारण काठमाडौंमा अलपत्र परेका यात्रुलाई लिएर हिँडेको बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए । बस ब्रेक फेल भइ दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो । बस रुखमा अड्कीएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुने चारै जनाको सनाखत भइसकेको छ । जसमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६ की २७ वर्षीया कल्पना पुन, रुकुम पूर्व सिस्ने गाउँपालिका–४ बस्ने ३६ वर्षिय धनराज घर्ती, रुकुम पश्चिम बाझीकोट गाउँपालिका–५ की देवी केसी र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई पनि राखिएको थियो । बसमा ५८ जना यात्रु सवार थिए ।