logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन थपिए ८१७३ जना कोरोना संक्रमित, २४६ जनाको मृत्यु


अंकुरण खबर
1.404K
Shares

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन् ।

आज देशभर थप २४६ जना संक्रमितको मृत्यु भएको छ । यो महामारी सुरु भएयताको सबै भन्दा धेरै संक्रमण हो । योसँगै हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन् । देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।