नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बस्दैछ ।
अपरान्ह २ बजे स्थायी कमिटीको आकस्मिक बैठक बस्न लागेको हो । स्थायी कमिटी बैठकलगतै मन्त्रिपरिषद्को बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ ।
यस्तै, स्थायी कमिटीको बैठकलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन संसदको अधिवेशन बोलाउने लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने तयारी गरिरहेको समयमा पार्टीको स्थायी कमिटी र मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।