खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते छन्।
सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर बिहीबार बिहान पौने ९ बजे अचानक रोडबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा सोही ट्याक्टरमा सवार खोटाङ रावावेशी-४ का २५ वर्षीय नेत्रबहादुर गुरुङ छन्। दुर्घटनामा परी ट्याक्टरका चालक र सहचालक घाइते छन्।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ।